मिराज नेतृत्वको जेनजी समूहद्वारा भोलि संयुक्त आन्दोलनको घोषणा
काठमाडाैं | पुस ६, २०८२
Filed Photo
काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटेर लैजाने योजनासहित सोमबार संयुक्त आन्दोलन गर्ने घोषणा गरेको हो।
उनी नेतृत्वको समूहसँगै अन्य ३० बढी जेनजी समूह पनि आन्दोलनमा सहभागी हुनेछन्।
जेनजी अभियन्ता ढुंगानाले आन्दोलन शान्तिपूर्ण रहने जानकारी दिए। उनका अनुसार आन्दोलन माइतीघरबाट बिहान ११ बजेबाट सुरू हुनेछ। 'आन्दोलन शान्तिपूर्ण तरिकाले हुन्छ। सुक्षाको जिम्मा सरकारले लिनुपर्छ,'उनले भने।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म बुझ्न नसकेको बताउँदै उनले सरकारको विकल्प आवश्यक रहेको बताए।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

